रसुवा । वैदेशिक रोजगारीबाट कमाइ नभएर नेपाल फर्किएकी रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ ठूलोभार्खुकी याङ्जेन तामाङ कृषि पेसामै रमाउँदै आफ्नै घरगाउँमा मनग्य आम्दानी गरिरहेकी छिन् । उनले माछापालन व्यवसायबाट सफल कृषक बनेर वार्षिक पाँच लाख रुपैयाँ नाफा कमाइरहेकी छिन् । ०६८ मा कृषि रेन्बो ट्राउट माछापालन उद्योग दर्ता गरेर दुई पोखरीबाट