काठमाडौं । द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्ट बीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल संचालन सम्बन्धमा सम्झौता भएको छ। बुधवार सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वर स्थित कार्यालयमा भएको हो । सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन्