काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ । २३औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।