काठमाडौं । बुधवार सुन थप महंगिएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो ।साताको तेस्रो कारोबार दिन १ लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर १ लाख २६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ