काठमाडौं । सुनको भाउ कीर्तिमानी उचाईबाट तल झरेको छ । बुधवार छापावाला सुनको भाउ घटेको हो ।अघिल्ला तीन दिन लगातर स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला १ हजार रुपैयाँले घटेको हो । आजका लागि छापावाला सुनको भाउ १ लाख २५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ