काठमाडौँ। चौतर्फी विरोध र नागरिक स्तरमा चर्को असन्तुष्टि बढ्दै गएपछि सरकारले शिक्षा र स्वाथ्यमा लगाएको कर हटाउने भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन साउन १ गतेदेखि नै शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर उठाउन थालिएको थियो। आर्थिक विधेयकमार्फत लगाएको उक्त करप्रति सर्वसाधरणले चर्को विरोध गर्दै आएका थिए।