काठमाडौं । नेपालको व्यापार प्रवर्द्धनका लागि गणराज्य रुसले सहयोग गर्ने भएको छ । नेपाल–रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबिचको छलफलमा नेपालको व्यापार प्रवर्धनका लागि रुसले सहयोग गर्ने भएको हो। नेपाल–रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेटघाट गरेको थियो।