२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

नेपाली क्रिकेट प्रेमिका लागि आज इतिहासिक दिन, विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग सामना गर्दै

काठमाण्डौं । एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ