काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकहरुको आवश्यकतालाई पूरा गर्नेका लागि बैंकले न्यूनतम २५ लाख रुपैयाँ देखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको छ ।