काठमाडौं । नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको हो । पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुला गरेको छ । सरकार सरकार (जिटुजी) संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो ।