काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान ढिला गरी करिब १० बजेदेखि सुरु भएको मतदानमा दिउँसो केहि बेर प्रभावित समेत बन्न पुगेको हो । मतदान केन्द्र बाहिर होहल्ला भएपछि करिब ३० मिनेट मतदान प्रभावित बनेको थियो । पुनः मतदान सुरु भइसकेको छ ।