२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन

काठमाडौं । चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन भएका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको हो