काठमाडौं । राष्ट्रिय तथ्याङ्क विभागले आर्थिक वर्ष २०८९/८० को वार्षिक राष्ट्रि लेखा तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्क अनुसार चालु आवमा उपभोक्ता मूल्यमा १.८६ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने देखाएको छ । यसका साथै नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्बको हुने देखिएको विभागले जनाएको छ