२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

छुट्ला है चार कम्पनीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । सोमबार चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । आज सिभिल बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी चारओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि अर्थात पुस १९ गते बुक क्लोज गर्ने भएका छन् ।