काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस शेयर र ०.६५ प्रतिशत नगद लाभांश गरी कुल१३ प्रतिशत लाभांश प्रस्ताव गरको हो ।