१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

म्युचुअल फन्डहरूको प्रतिफल घट्यो

काठमाडौं । कम जोखिम र प्रतिफल बढी आउने क्षेत्रका रुपमा म्युचूअल फन्डलाई हेरिन्छ । म्युचूअल फन्डमा लगानी गर्ने लगानीकर्ताको पनि उत्तिकै चाप हुन्छ । अघिल्ला वर्षहरूमा म्युचूअल फन्डहरूले मनग्य नाफा कमाए र लगानीकर्तालाई पनि सत–प्रतिशतसम्म रिटर्न पनि दिए । तर, गत आर्थिक वर्षका लागि म्युचूअल फन्डहरूले घोषणा गरेको प्रतिफलमा निकै