काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ