१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

मतपत्रमा छाप प्रस्ट नभएको भन्दै भरतपुरमा विवाद, रोकियो गणना

काठमाडौं । सबैंको चासोको विषय रहेको भरतपुर महानगरपालिकाको मत गणनामा विवाद भए पछि रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवार र प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । नेकपा एमालेका प्रतिनिधिका अनुसार छाप प्रस्ट नभएको भन्दै अन्य दलका प्रतिनिधिले सूर्यमा परेको मतलाई ‘बदर’ गराउन खोजेपछि मतगणना रोकिएको हो