काठमाडौँ । सोमबार एकाएक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले पदबाट राजीनामा दिएको खबर नेपाली मिडियामा छापछाप्ती भयो । तर यति बेला पाण्डे राजीनामा दिनु त टाढाको कुरा, बैंकमा आफ्नै कार्यकक्षमा व्यस्त थिए । ‘कसैलाई भ्रम भयो होला हजुर, मैले राजीनामा दिएको होइन’, पाण्डेले अर्थपथसँग भने ।