१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

डकुमेन्ट एआइ स्टार्टअप डकसुमोले ३.५ मिलियन डलर उठायो, नेपाल र भारतमा रोजगारी सिर्जना

काठमाडौं । उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने डकसुमो (Docsumo), एक डकुमेन्ट एआइ स्टार्टअपले हालै बीज पूँजीमा ३.५ मिलियन डलर (करिब ४३ करोड नेरु) उठाएको छ। यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह-स्थापना गरेका थिए।