केही महिना पहिले नेपाली काङ्ग्रेसले १४औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटलगायत पार्टी सङ्गठनको अस्तित्वलाई जीवन्त बनाउने एउटा अभ्यासको थालनी ग¥यो । त्यतिबेला टिप्पणी सुनियो– चुनावको बेला मात्र सङ्गठन चाहिने नेपाली काङ्ग्रेस पनि सुध्रिएछ, उसलाई पनि एमालेलाई जस्तै मतदाताको तल्लो तह, वडा तहसम्म सङ्गठन व्युँताउने चस्का पसेछ भनेको पनि सुनियो ।