काठमाडौं । संघीय सरकारको नेतृत्व परिवर्तन भएसँगै पुनः प्रदेश प्रमुखहरू परिवर्तन हुने भएका छन् । यसका लागि सरकारका सहमागि गठबन्धनले भागबण्डा टुंग्याएको छ । प्रदेश तहमा केन्द्रको राष्ट्रपतिजस्तै प्रकाशकीय ओहोदाका रुपमा प्रदेश प्रमुख नियुक्त गर्ने प्रवाधान छ । संघीय सरकारको शिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ ।