काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कहरूले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह नगरेको दुखेसो गरेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो तिन महिनामा बैङ्कहरूले गरेको कर्जा लगानीको ५० प्रतिशत भन्दा बढी बाह्य आयातित बिलाशीलताका बस्तुमा लगानी भएको बताएका