काठमाडौं । सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बुधबार बिहान बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङको कार्यालयमा बाँडफाँड गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको १० लाख सेयरमा २१ लाख ८ हजार ८२० कित्ताको लागि आवेदन परेको छ।