काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले तिजको विदाको दिन पनि ओपिडी सेवालाई सुचारु गर्ने भएको छ । प्राय अस्पतालहरुमा सार्वजनिक विदाको दिन ओपिडी सेवा संचालन हुँदैन । नर्भिकले भने तिजको विदाको दिन समेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको हो । नर्भिक अस्पतालका प्रमुख