काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र निष्कासन आजैबाट भएको छ । बैंकले आज शुक्रबारबाट ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । उक्त ऋणपत्र ८ वर्ष अवधिको लागि ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाममा ऋणपत्र निष्कासन भएको छ