काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पताल भर्ना भएका पोखरेलमा शनिबार संक्रमण पुष्टि भएको हो । उनलाई अस्पतालमै राखिएको छ । कोरोनाको सामान्य लक्षण देखापरेको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।