काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले प्रुडेन्सियल रि–इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने भएको छ । कम्पनीले प्रस्तावित प्रुडेन्सियल रि–इन्स्योरेन्समा संस्थापक लगानीकर्ता भई लगानी गर्ने भएको हो । हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले उक्त रि–इन्स्योरेन्समा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ