काठमाडौं । डोटीको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ शुरु भएको हो । गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी छतिवन पर्यटन प्रवर्धन संरक्षण समिति र बैतडी अमेजिङ एड्भेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो ।