भक्तपुर । माओवादीसँग एकता गर्ने विषयमा तीन खेमामा विभाजन भएको नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् । राती ९ बजे खनाल एक्लै गुण्डु पुगेका थिए । दुई नेताबीच करिब एक घण्टा छलफल भएको गुण्डु स्रोतले जानकारी दिएको छ ।