४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

इनड्राइभले समन्वित वायु गुणस्तर सुधारका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्याे

काठमाडौं । इनड्राइभले “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्दै काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपायहरू खोज्न विभिन्न सरोकारवालाहरूलाई एउटै मंचमा ल्याएको छ । कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजका प्रतिनिधि तथा निजी क्षेत्रका अग्रणी व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।