काठमाडौं । सोमबार नेपालमा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन । जसमध्ये ७४ महिला र ४६१ जना पुरुष रहेका छन