काठमाडौं । माघ शुक्ल प्रतिपदाका अवसरमा आज देशभरका तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक २८६१औँ सोनाम ल्होछार मनाएका छन्। काठमाडौंको मुटु टुँडिखेलमा आयोजित विशेष समारोहले तामाङ जातिको मौलिक पहिचान र सांस्कृतिक वैभवलाई जीवन्त तुल्याएको छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि पुरानो वर्ष समाप्त भई नयाँ वर्ष सुरु भएको छ। तामाङ भाषामा