१० कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

राष्ट्र बैंकले हटायो शेयर धितो कर्जामा भएको २५ करोडको सीमा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै राष्ट्र बैंकले यसअघि कायम गरिएको शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोड सिमा हटाएको हो ।