१० कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

जेनजी सरकारले ओलीलाई पक्राउ गर्न खोजेपछि गर्जिए महेश बस्नेत, भन्छन्– ‘मैले न्याय नपाए चुनि चुनि हिसाब गर्छु’

काठमाडौँ । पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता महेश बस्नेतले ‘नेपो बेबी’भन्दै आफ्ना सन्तान र परिवारलाई आतंकित पारिएको भन्दै सरकारसँग न्याय मागेका छन् । आफ्नो घर जलाउने, आफ्ना बृद्ध मातापिता र श्रीमतिको हत्या गर्न खोज्ने, सन्तानको सार्वजनिक बेइज्जत गर्ने काम गरेको भन्दै उनले जेनजी आन्दोलनका ‘हाइज्याकर’हरुलाई चुनौती दिएको भनेका छन्