प्रभु ग्रुपले ३० करोड लगानीमा २२ हजार फिटसम्म उड्न सक्ने नयाँ हेलिकप्टर ल्याउने « Arthapath.com
२७ माघ २०७६, सोमबार

प्रभु ग्रुपले ३० करोड लगानीमा २२ हजार फिटसम्म उड्न सक्ने नयाँ हेलिकप्टर ल्याउने



काठमाडौं । प्रभु हेलिकप्टर प्रालिले २२ हजार फिटसम्म उडान भर्न सक्ने ३० करोड रुपैयाँ लगानी गरेर एयरबस कम्पनीको हेलिकप्टर ल्याउने भएको हो । नयाँ हेलिकप्टर २२ हजार मिटर उचाइमा उडान भर्न सक्ने छ, जुन फेब्रुअरी महिनाभित्र ल्याउने जनाएको छ ।

हाल कम्पनिसंग ५ वटा हेलिकप्टरहरु छन । जुन करिब १४ हजार फिटसम्म उडान गर्न सक्दछन । नयाँ हेलिकप्टर उच्च उचाइ रहेका गोसाईकुण्ड, दामोदरकुण्ड, हिल्सा, लुक्ला र एभरेस्ट लगायतका क्षेत्रमा उडान भर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्