भिसीटीएस सम्वन्धि तालिम सम्पन्न « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

भिसीटीएस सम्वन्धि तालिम सम्पन्न



काठमाडौं । नाडाको नयाँ नेतृत्वले तय गरेको वार्षिक कार्यक्रम अन्तर्गत नाडाले विराटनगरमा पनि भन्सार, Vehicle Consignment and Tracking System (VCTS) तथा कर सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाको संस्थागत एशोसिएशन मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनसंगको संयुक्त पहलमा विराटनगरमा प्रदेश नं १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भन्सार,Vehicle Consignment and Tracking System (VCTS) तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रमू सम्पन्न भएको छ ।

नाडाले विगतमा पनि गर्दे आएकोे र माघ ९ गते काठमाण्डौमा सम्पन्न गरेको थियो । नाडाका अनुसार यस्तो प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा सम्पन्न गरिने छ । मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीहरुकोतर्फबाट कूल ४२ जना प्रशिक्षार्थिले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय मोरङ्गका अधिकृत हितेस बस्नेत, आन्तरिक राजश्व कार्यालय मोरङ्गका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सि.ए तथा कार्यक्रमका प्रमुख प्रशिक्षकसाहिल अग्रवालले प्रशिक्षण दिएका थिए र

सरकारको प्रतिनिधित्व सहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो चौथौं पटक रहेको नाडाले जनाएको छ । खासगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्ट्रितगरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ ।

उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका महासचिव सुनिल रिजालले गर्नु भएको थियो । त्यसैगरी सो कार्यक्रममा नाडाका पदाधिकारी र सदस्यहरु लगायत मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्