३८ लाख रुपैयाँ पर्ने इलेक्ट्रिक कार अब ७ लाख मै किन्ने मौका ! « Arthapath.com
२६ भाद्र २०७९, आईतवार

३८ लाख रुपैयाँ पर्ने इलेक्ट्रिक कार अब ७ लाख मै किन्ने मौका !



काठमाडौं । सिजी मोटर्सले चाडपर्व विशेष अफर ल्याएको छ । इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले दशैं तिहार लक्षित अफर ल्याएको हो ।

उक्त अफर अन्तर्गत नेटा भी खरिद गर्ने सम्पूर्ण ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको स्किम प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार बम्परमा तीन जना भाग्यशाली विजेताले टीभी, होलिड टुर र रेफ्रिजिरेटर उपहार पाउन सक्नेछन् ।

चिनियाँ इभी निर्माता होजोन मोटर्सले उत्पादन गर्ने यो कारलाई ग्राहकले ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्ट गरी बाँकी रकमलाई सरल किस्तावन्दिमा खरिद गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यो कार नेपाली बजारमा ३८ लाख रुपैयाँ मूल्य निर्धारण गरिएको छ । १ लाख ४० हजार रुपैयाँ बराबरको स्किममा कम्पनीले ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत उपलब्ध गराउने बताएको छ ।

यसैगरी ३ जना भाग्यसाली विजेताले उपहारमा सिजी ब्रान्डको ७५ इन्चको स्मार्ट टिभी, एक जोडीलाई मेघौली सेराई रिसोर्टमा हालिडे प्याकेज र सिजी ब्रान्डकै रेफ्रिजिरेटर जीत्न सक्नेछन् । यो अफर सिमति अवधीका लागी लागु गरिएको कम्पनीले बताएको छ ।

कस्तो हो इलेक्ट्रिक नेटा भी कार ?

इलेक्ट्रिक नेटा भीको लम्वाई ४०७० एमएम, चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको छ । यो कारको ह्वीलवेस २४२० एमएमको रहेको छ । यसको एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ ।

आकर्षक इन्टेरियर रहेको नेटा भीमा भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वील रहेको छ । नेटा भी अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री र मोटर अप्सनमा उपलब्ध रहेको छ । यसको स्टायडर्ड भेरियन्टमा ३१.१८ किलोवाट आवरको ब्याट्रीसँग ४० किलोवाटको मोटर रहेको छ । यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ ।

त्यसैगरी यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने बताइएको छ ।

यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने, फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्