१० लाखमै ‘डिएफसके ग्लोरी ५६०’ कार किन्ने मौका, ४ लाख रुपैयाँ पनि छुट पाइने ! « Arthapath.com
२ आश्विन २०७९, आईतवार

१० लाखमै ‘डिएफसके ग्लोरी ५६०’ कार किन्ने मौका, ४ लाख रुपैयाँ पनि छुट पाइने !



काठमाडौं । डिएफसके ग्लोरी ५६० गाडी खरिदमा ४ लाख रुपैयाँ नगद छुट पाईने भएको छ । डिएफएसके गाडीको नेपालका लागि आधिकारीक वितरक कुजु नेपाल प्रालिले दशैं अफर अन्तर्गत यस्तो सुविधा दिएको हो ।

ग्लोरी ५६० नेपाली बजारमा ५८ लाख ६० हजार रुपैयाँ मूल्य तोकिउको छ । दशैं अफरमा खरिद गर्दा ४ लाख रुपैयाँमा छुट पाईने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दशैं बबाल अफर अन्तर्गत डिएफएके ग्लोरी ५६० खरिदमा १० लाख रुपैयाँ डाउनपेमेन्ट गर्नुपर्नेछ । यसका साथै वार्षिक ट्याक्समा पनि निःशुल्क रहेको छ ।

यो सबैभन्दा राम्रो ठुलो क्याबिन भएको गाडी हो । ग्लोरी ५६० गाडी १५ सय सिसी क्षमताको रहेको छ । यो एसयुभी आकर्षक लुक्स र आधुनिक फिचर्सका कारण लोकिप्रय बनिरहेको छ ।

सात सिट क्षमताको यो गाडी १.५ लिटर पेट्रोल टर्वोचार्जड् इन्जिन, ४ सिलिण्डर, १६ भल्भ डीओएचसी र १ हजार ४९८ सीसी क्षमता रहेको छ । यसमा ६ स्पीड म्यानुअल (सीभीटी) ट्रन्समिसन, ५० लिटर इन्धन क्षमता रहेको छ ।

उक्त गाडीमा सुरक्षा प्रणाली डबल एयरब्याग, एबीएस, इबीएस र इबीडी, ४ ह्वेल डिस्क ब्रेकर, पार्किङ सेन्सर, अटो क्र्यास अनलक लगायतका सुविधासहितको फिचर रहेका छन् ।

यसको ग्राउण्ड क्लिरियन्स २ सय एमएम, १.५ टर्वो डिस्प्लेमेन्ट, ह्वेल बेस २६९० एमएम रहेको छ । आरामदायी सीटहरु भएकोले पनि लामो यात्राका लागि पनि उपयुक्त मानिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्