अब सुजुकीको ब्रेजा कार किन्दा ७० प्रतिशत फाइनान्सको सुविधा, कति पर्छ मूल्य ? « Arthapath.com
५ आश्विन २०७९, बुधबार

अब सुजुकीको ब्रेजा कार किन्दा ७० प्रतिशत फाइनान्सको सुविधा, कति पर्छ मूल्य ?



काठमाडौं । अब सुजुकीको ब्रेजा कार खरिद गर्नका लागि झनै सजिलो भएको छ ।

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले स्पेशल अफरमा भिटारा ब्रेजा कार खरिदका लागि सहज सुविधा दिएको हो ।

सुजुकी प्रविसा ट्रेडिङ्ग कम्पनीले न्यू भिटारा ब्रेजा कार खरिदमा सरल फाइनान्स, कम डाउनपेमेन्ट तथा एक्सचेञ्जको सुविधा दिएको छ । कम्पनीले ७० प्रतिशतसम्मको सरल फाइनान्स सुविधामा ब्रेजा कार खरिद गर्न सकिने जनाएको छ ।

कार खरिदका लागि ३० प्रतिशत न्युनतम डाउनपेमेन्ट गर्नुपर्नेछ । यसका पुरानो गाडीसंग नयाँ पनि साट्न सकिने कम्पनीले जनाएको छ ।

कस्तो हो सुजुकी भिटारा ब्रेजा कार ?

यो गाडी १.५ लिटर पेट्रोल इन्जिन भएको गाडी हो । यसमा रहेको १४६२ सीसी क्षमताको ‘के १५ बी’ इन्जिन रहेको छ । जसले अधिकतम ६००० आरपीएममा १०५ बीएच पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क प्रदान गर्छ ।

यो गाडीमा ५ स्पीड म्यानुयल गियरबक्स, प्रतिलिटर १८ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । यो गाडीको लम्बाई ३९९५ एमएम, चौडाई १७९० एमएम रहेको छ । जसकारण यसको भित्री क्याविन ठूलो र फराकिलो लाग्छ ।

कम्पनीका अनुसार यसको ड्यास बार्ड औषत रहेको छ । यसमा चालक र यात्रुलाई आवश्यक सुरक्षा फिचर र इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ । नेपालमा सुजुकी भिटारा ब्रेजा तीन भेरियन्टमा उपलब्ध रहेको छ ।

जसमध्ये सुजीकी भिटारा ब्रेजा पेट्रोल भीएक्सआई (१४६२ सीसी), जेडएक्सआई प्लस (१४६२ सीसी) र जेडएक्सआई प्लस ड्वेल रहेका छन् । यीनीहरुको मूल्य क्रमशः ४३ लाख ४९ रुपैयाँ, ३८ लाख २४ हजार र ४८ लाख ५४ रुपैयाँ पर्दछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्