नाडा इभी अटो शोमा याडियाका तीन इलेक्ट्रिक स्कुटर, कुन मोडेल कस्तो ? (मूल्य र फिचर्ससहित) « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

नाडा इभी अटो शोमा याडियाका तीन इलेक्ट्रिक स्कुटर, कुन मोडेल कस्तो ? (मूल्य र फिचर्ससहित)



काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सवारीको भव्य प्रदर्शनी सुरु भएको छ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गरेको हो ।

उक्त एक्स्पोमा याडियाको तीन इलेक्ट्रिक स्कुटर प्रदर्शनीमा रहेका छन् । नेपालका लागि आधिकारिक विक्रेता कुजु नेपालले याडियाको इलेक्ट्रिक स्कुटर उपलब्ध गराउँदै आएको छ ।

उक्त इभी एक्स्पोमा याडियो जी५, सी१ एस र एस–लाइक गरि तीन मोडेलमा प्रदर्शनीमा रहेको छ । यी तीन वटै स्कुटर आकर्षक डिजाईन र छुट्टाछुट्टै विशेषता रहको छ ।

कम्पनीका अनुसार विभिन्न मोडलमा उपलब्ध स्कुटरहरु एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्जसम्म प्रदान गर्दछन् । यी तीन वटै स्कुटरलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ ।

नेपालमा याडियाको जी फाइभको मूल्य ३ लाख ५० हजार रुपैयाँ, सी वान एस को ३ लाख ५० हजार र एस लाइकको २ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कुन याडिया इलेक्ट्रिक स्कुटर कस्तो ?

जी५

याडिया ज ५ को डिजाइन झट्ट हेर्दा पनि आकर्षक रहेको छ । यो स्कुटरमा जीटीआर ३.० ब्रोडव्यान्ड मोटर प्रयोग गरिएको छ ।
उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १२०० वाट रहेको छ ।

जी५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिने कुजु नेपालले जनाएको छ ।

यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० र यसमा प्रयोग भएको व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ । यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।

याडिया जि ५मा ७ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ ।

त्यस्तै १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका एलइडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ । कम्पनीले यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ तोकेको छ । यो स्कुटर नेपाली बजार अत्याधिक रुचाईएको छ ।

सी १ एस

याडिया सी १ एसमा जीटीआर ३.० ब्रोडव्यान्ड मोटर प्रयोग भएको छ । उक्त मोटरले अधिकतम २२०० वाट पावर प्रदान गर्छ । यसको रेटेड पावर १८०० वाट रहेको छ ।

त्यस्तै यो मोटरले अधिकतम १३८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यो व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ । जसका कारण नेपाली बजारमा यसको लोकप्रियता बढ्दो क्रममा छ ।

यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्र्चाज प्रोटेक्सन, प्रि डिस्र्चाज प्रोटेक्सन, सन्तुलित फक्शन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ ।

त्यस्तै यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड शोलुसन सिस्टम रहेको छ । यसमा १२ इन्चको ट्युवलेस टायर, दुबैतर्फ डिस्क ब्रेक, २५ लिटरको स्टोरेज क्षमता रहेको छ । यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

एस–लाइक

यो नेपाली बजारमा अत्याधिक रुचाईएको स्कुटर हो । याडिया एस–लाइकमा पनि जीटीआर ३.० ब्रोडव्यान्ड मोटर प्रयोग गरिएको छ ।

उक्त मोटरले अधिकतम १२०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर २००० वाट रहेको छ ।यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुरुप रेटेड र टप स्पीड ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, २४ एम्पीयरको लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसमा डबल ब्याट्रीको सुबिधा समेत रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ ।

याडिया एस–लाइकमा ४.२ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ ।

त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायरको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ ।
यसमा १८ लिटरको स्टोरेज क्षमता रहेको छ । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्