हिरोको ‘भिडा–भी १’ स्कुटर सार्वजनिक, एक पटक चार्ज गर्दा १६५ किमिसम्म चलाउन सकिने « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

हिरोको ‘भिडा–भी १’ स्कुटर सार्वजनिक, एक पटक चार्ज गर्दा १६५ किमिसम्म चलाउन सकिने



काठमाडौं । हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । उक्त स्कुटरको नाम भिडा–भी १ राखिएको छ । शुक्रबार कम्पनीले भिडा–भी १ लाई सार्वजनिक गरेको हो ।

यो स्कुटर भिडा–भी १ प्लस र भिडा–भी १ प्रो गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीका यी ई–स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

एक पटक चार्ज गर्दा यी स्कुटरहरू १६५ किलोमिटरसम्म चल्न सक्छन् । स्कुटरको दायरा १.४५ लाख भारतीय रुपैयाँदेखि सुरु हुन्छ । यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ ।

यसका साथै क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टु–वे थ्रोटल र किलेस कन्ट्रोललगायत अन्य धेरै सुविधाहरू पनि छन् ।भिडाका यी दुवै स्कुटरमा फास्ट चार्जिङ प्रविधि रहेको छ ।

भिडाको स्कुटरमा ग्राहकहरुका लागि धेरै सुविधाहरु उपलब्ध हुने भएको छ । भिडाका यी स्कुटरले भारतमा ओला, अथर, बजाज, टिभिएस, ओकिनाला लगायत अन्य ईभी कम्पनीका स्कुटरसँग प्रतिस्पर्धा गर्नेछन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्