७/८ महिनालाई पुग्ने विदेशी मुद्रा छ, आयात प्रतिबन्ध आवश्यक छैन: महासङ्घ अध्यक्ष गोल्छा
मदिरा र मोबाइल अवैध भित्रियो, अटो व्यवसायी मर्कामा
काठमाडौं । सरकारले अझै ४ बस्तु आयातमा लगाएको प्रतिबन्ध अझै २ महिनालाई थपेको छ । सरकारले आगामी मङ्सिर २९ गतेसम्मको लागी ३ सय डलर माथिका मोबाइल, १ सय ५० सिसी माथिका मोटरसाइकल, विदेशी मदिरा र कार जिप भ्यानमा लगाएको प्रतिबन्ध अझै कायम गरेको छ ।
सरकारले गत वैशाख १४ गते १० विलासी बस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले यी बस्तुको आयात रोकेकोप्रति व्यावसायीहरु भने रुष्ट बनेका छन् ।
निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विदेशी मुद्राको संचिती बढेको अवस्थामा अझै आयात प्रतिबन्ध लगाउनु आवश्यक नभएको बताए । अध्यक्ष गोल्छाले प्रतिबन्धले अटो व्यवसायी मारमा परेको बताए ।
गोल्छाले भने ‘बजारमा भारतबाट मदिरा पनि घरघरमै ल्याएको, मोबाइल पनि अवैध तरिकाले भित्रिराखेकोले अटो व्यवसायी मात्रै मारमा परेको बताए । उनले भने बजारमा नक्कली विदेशी मदिरा फालाफाल छ, मोबाइल पनि चोरी आएका छन् ।’
सरकारको राजश्व गिरेको अवस्थामा तत्काल ट्रेजरीमा भएको पैसाले सरकार चल्न नसक्ने बताए । जनमानसमा अझै सङ्कट रहेको मनौबैज्ञनिक असर सरकारलेनै थपेको गोल्छाको आरोप छ । वर्ल्ड बैङ्कको भनेको भन्दा बढी विदेशी मुद्रा संचिती रहेको अवस्थामा सरकार डराएर आयात रोकेको गोल्छाको आरोप छ ।















