सिप्रदी ट्रेडिङ्गबाट टाटा इलेक्ट्रिक सवारी किन्दा कुमारी बैंकले ८० प्रतिशतसम्म ऋण दिने « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

सिप्रदी ट्रेडिङ्गबाट टाटा इलेक्ट्रिक सवारी किन्दा कुमारी बैंकले ८० प्रतिशतसम्म ऋण दिने



काठमाडौं । कुमारी बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने छ ।

बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने छन् । यसका साथै कर्जाको अवधिमा ८ वर्ष सम्म रहने प्रावधान गरिएको छ ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्