सस्तो मूल्यका गाडी खोज्दै हुनुहुन्छ ? यी हुन् ‘नाडा अटो शो’मा रहेका कम मूल्य सवारी साधनहरु « Arthapath.com
२७ भाद्र २०८०, बुधबार

सस्तो मूल्यका गाडी खोज्दै हुनुहुन्छ ? यी हुन् ‘नाडा अटो शो’मा रहेका कम मूल्य सवारी साधनहरु



काठमाडौं । मङ्गलवारदेखि राजधानी ‘नाडा अटो शो २०२३’ सुरु भएको छ । ६ दिनसम्म सञ्चालन हुने उक्त शोमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधनहरु प्रदर्शनीमा राखिएको छ । सन् २०१९ पछि पहिलो पटक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नेपाल) नाडाले उक्त शो आयोजना गरेको हो । उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूजाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् । 

प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका नाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ ।

उक्त शोमा नयाँ गाडी किन्ने र गाडी सम्बन्धी बुझ्ने ग्राहकका लागि निकै नै लाभदायी मानिएको छ । अटो शोको मौका पारेर सवारी खरिद गर्ने ग्राहकका लागि अवसरको रूपमा पनि लिने गरिन्छ । यता, गाडी बिक्रेताहरूले पनि धेरैभन्दा धेरै गाडी बिक्री होस् भनेर नयाँ नयाँ स्किमहरू पनि अघि सार्न गरेका छन् । ग्राहकले पनि आफ्नै आर्थिक हैसियत र रुचि अनुसारको गाडी खरिद गर्न सक्नेछन् ।

उक्त अटो शोमा विभिन्न ब्रान्डका १४ लाख रुपैयाँदेखि २ करोड ४० लाख रुपैयाँसम्मका गाडी बिक्री तथा प्रदर्शनीमा राखिएको छ । तर, अटो शोमा सस्तो गाडी खरिद गर्न खोज्नेहरूका लागि भने दर्जन बढी विद्युतीय सवारी रोज्न सक्नेछन् । नाडा अटो शोमा पनि विद्युतीय गाडी प्रति आगन्तुकको निकै आकर्षण देखिएको छ । प्रदर्शनीमा रहेकामध्ये पनि धेरै इभि नै छन् । हामीले नाडा अटो शोमा राखिएको २३ ला रुपैयाँभन्दा कम मूल्यका गाडीहरू उल्लेख गरेका छौं । 

एमएडब्लूका सेरेस गाडी पनि १४ लाखदेखि १८ लाखसम्म पाइने 

नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लू नेपालले पनि अटो शोमा आफ्ना ब्रान्ड प्रदर्शनीमा राखेको छ । कम्पनीले सबै विद्युतीय सवारी नै प्रदर्शनीमा राखेको हो । अटो शोमा सबैभन्दा सस्तो मूल्य एमएडब्लूका सेरेस गाडीहरू उपलब्ध रहेका छन् । 

१८० किलो मिटर रेन्ज र वेस्ट अप्सन भएको मिनी इभीको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार १८० किलो मिटर फूल अप्सनको १६ लाख ९९ हजार र २२० किलो मिटर फूल अप्सनको मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

पारामाउन्ट मोटर्सको दुई विद्युतीय सवारी: कमिट प्ले र पिस गाडी पनि सस्ता 

नाडा अटो शोमा राखिएको मध्ये सस्तो मूल्यको अर्को विद्युतीय सवारीमध्ये एमजी कमेट इभी प्ले र एमजी कमिट पिस पनि हो । अन्य ब्रान्डका गाडी भन्दा यी दुई सवारीको मूल्य पनि तुलनात्मक रूपमा सस्तो मानिएको छ । 

अटो शोमा एमजि गाडीको विद्युतीय सवारीले पनि माहोल तताएका छन् । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले एमजि कमेट इभि प्ले प्रदर्शनीमा राखेको छ । 

एमजी कमिट प्लेको मूल्य २० लाख ९९ हजार र एमजी कमिट पिसको १८ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ । एमजीको तीन मोडेलका विद्युतीय सवारी नाडा अटो शोमा राखिएको छ । 

बुलिङ एयर इभी पनि २१ लाखमै किन्न सकिने 

नेपाली बजारमा बुलिङ एयर इभि खरिद गर्नेहरू पनि सस्तो मूल्यमा पर्नेछ । बज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्सले बुलिङ एयर इभी ल्याएको हो । उक्त गाडी पनि नाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ । यसको मूल्य पनि २० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसले २०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।  

टाटाका दुई विद्युतीय कार २३ लाखभन्दा कम मूल्यमा किन्न सकिने 

टाटा मोटर्सले नाडा अटो शोमा तीन वटा गाडी लन्च गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले तीन विद्युतीय गाडी टियागो, नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरी प्रदर्शनीमा राखेको छ ।

टियागो इभी अन्तर्गतका एक्सई भेरियण्टको मूल्य २१ लाख ९९ हजार, एक्सटी २२ लाख ९९ हजार मूल्य कायम गरिएको छ । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँच वटा मुख्य विशेषताहरू रहेका छन् । जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायी ता रहेका छन् । 

क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्