कस्तो हो भारतीय बजारमा सार्वजनिक भएको टाटा पन्च इभि ? नेपालमा कहिले आउँछ ? « Arthapath.com
४ माघ २०८०, बिहीबार

कस्तो हो भारतीय बजारमा सार्वजनिक भएको टाटा पन्च इभि ? नेपालमा कहिले आउँछ ?



काठमाडौं । टाटा पन्च इभि भारतीय बजारमा सार्वजनिक भएको छ । टाटा मोर्टर्सले विद्युतीय सवारी पन्च इभि बुधवार सार्वजनिक गरेको हो ।

टाटाको यो चौथो इभी हो । कम्पनीले यसअघि टाटा नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी सार्वजनिक गरिसकेको छन् ।बुधवार मात्रै सार्वजनिक भएको टाटा पन्च इभि गाडीमा २५ किलोवाट र ३५ किलोवाट आवरमा दुई ब्याट्री उपलब्ध छन् ।

कम्पनीका अनुसार २५ किलोवाट आवरको ब्याट्री भएको टाटा पन्च इभिमा ६० किलोवाट पावर र ११४ एनएम टर्क जेनेरेट गर्दछ । यो पन्च इभिले ३१५ किलो मिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यो गाडीले भने ४२१ किलोमिटर रेन्ज दिने छ । यो गाडीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन र इन्स्टुमेन्ट कलस्टर दिइएको छ भने वायरलेस फोन चार्जर र ३६० डिग्रीको क्यामेरा समेत दिइएको छ। गाडीमा स्वचालित क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, छवटा एयरब्याग, ब्लाइन्ड स्पट मनिटर जडान गरिउको छ ।

मयसको मूल्य भने १० लाख ९९ हजार भारुदेखि १४ लाख ४९ हजार भारुसम्म निर्धारण गरिएको छ । टाटा पन्च इभि विभिन्न पाँच भेरियन्टमा उपलब्ध छन् ।

उक्त विद्युतीय गाडी नेपाली बजारमा पनि छिट्टै आउने तयारी छ । टाटा मोटर्स नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले दुई महिना भित्र नेपाल ल्याउने तयारी गरेको छ । पछिल्लो समय टाटाका विद्युतीय कार नेक्सन, टिगोर र टियागो नेपाली बजारमा पनि उपलब्ध छन्।


प्रतिक्रिया दिनुहोस्