टिभिएस एनटर्क स्कुटरले पुरा गर्यो १ लाख माइलस्टोन « Arthapath.com
४ माघ २०८०, बिहीबार

टिभिएस एनटर्क स्कुटरले पुरा गर्यो १ लाख माइलस्टोन



काठमाडौं । टिभिएस एनटर्क स्कुटरले १ लाख माइलस्टोन पुरा गर्न सफल भएको छ । नेपालको लागि टिभिएस् मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पुरा गरेको हो ।

२०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बिक्री भईसकेको छ । बलियो र स्टाइलिश लुक तथा स्मार्ट फिचरले गर्दा टिभिएस् एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले बताए ।

उनले भने,‘हामीले नेपाली ग्राहकहरूको यति धेरै माया र विश्वास पाएका छौँ । लन्च गरेको यति छोटो अवधिमै १ लाख एनटर्कहरू रोडमा गुडिसकेका छन् । यो माया र विश्वासको लागि हामी नेपाली ग्राहकहरुप्रति कृतज्ञ छौँ ।’

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ । यसको टिभिएस एनटर्क ड्रम आकर्षक मुल्यको कारण बढी रुचाइएको छ । हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ । टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधी, भोइस कमान्ड, राइड मोड लगायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन् । नेपाली बजारमा अत्याधुनिक प्रविधीयुक्त स्कुटरहरु उपलब्ध गराउने टिभिएस् पहिलो कम्पनी हो ।

स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको हो । लन्च भएको छोटो समयमा नै १ लाख टिभिएस् एनटर्कहरु सडकमा गुड्नुले तथा कम्पनीले नियमित आयोजना गर्ने राइडहरुमा हुने उल्लेखनीय सहभागिताले टिभिएस् एनटर्कहरुको बढ्दो लोकप्रियतालाई पुष्टी गरेको छ ।

एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकहरुको लागि प्रशस्त छनोटका अवसरहरु प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको छ । एक लाख स्कुटर बिक्री भएको उपलक्ष्यमा टिभिएस् एनटर्क अहिले ३ हजार ९९९ को मासिक किस्तामा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्