करोडमाथिका गाडीको लर्को, डिपल ई०७ कार पनि नेपाल भित्रिँदै « Arthapath.com
७ पुष २०८१, आईतवार

करोडमाथिका गाडीको लर्को, डिपल ई०७ कार पनि नेपाल भित्रिँदै



काठमाडौं। चांगान अटोमोबाइल्सको निर्यातमुखि उत्पादन ई०७ कार अब नेपालमा पनि उपलब्ध हुने भएको छ । चिनियाँ ब्राण्ड डिपलले एल, एस र जी सिरिजका ५ मोडलहरु चिनियाँ बजार र निर्यात दुबै प्रयोजनाका लागि उत्पादन गरेको छ । तर ई र पी सिरिजमा मोडलहरु भने निर्यातका निम्तिमात्रै उत्पादन भएको बताइएको छ ।

५ मिटरभन्दा धेरै लम्बाई र झण्डै २ मिटर चौडाई भएको यो गाडी छिट्टै नै नेपाली बजारमा उपलब्ध हुने नेपालका लागि डिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले जनाएको छ । कम्पनीले डिपल ई०७ छिट्टै नेपाली बजार सार्वजनिक गर्ने तयारी गरेको हो।

कम्पनीले आइतबारमात्रै भन्सार प्रयोजनका लागि यो गाडीमो अधिकतम खुद्रा बिक्री मूल्य १ करोड ४ लाख रुपैयाँ तोकेको छ। कम्पनीले नेपाल ल्याउने तयारी गरेको ई०७ मा ८९.९ किलोवाट आवर क्षमताको ब्याट्री र १९० किलोवाट क्षमताको मोटर दिइएको छ।

यसले एक पटकको फुल चार्जमा ६४० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। ई०७ को ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ। एमएडब्लु वृद्धिले अहिले नेपाली बजारमा एस ०७ सेभेन यसयूभी र एल ०७ सेभेन सेडान कार बिक्री गर्दै आएको छ।

पछिल्लो समय नेपाली बजारमा डीपलको गाडी लोकप्रिय बन्दै गएको छ । यही मौकामा नयाँ गाडी ल्याउन लागिएको हो ।


प्रतिक्रिया दिनुहोस्