एमएडब्लु वृद्धि ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ : सेरेस र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि « Arthapath.com
२१ माघ २०८१, सोमबार

एमएडब्लु वृद्धि ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ : सेरेस र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि



चितवन । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले भरतपुर, चितवनस्थित सिमटी रेसोटमा आउँदो २१ माघदेखि २३ माघसम्म तीन दिने ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।

यो मेलामा इभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सक्नेछन् ।

साथै, ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन् ।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् ।‘अन स्पट फाइनान्सिङ’को व्यवस्था पनि गरिएको छ । साथै, सेरेस र नामीलाई आकर्षक ब्याजदरमा घर लैजान सक्नेछन् ।

यी अफरहरु बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले‘फुड स्टल’को मज्जा लिन सक्नेछन् । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प अघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्