‘टाटा कर्भ ईभी’ नेपाली भूगोल र पूर्वाधारका लागि सर्वोत्तम विकल्प किन छ ?

काठमाडौं । विश्वब्यापी कार बजारमा बढ्दो ‘डिजाइन कम्पिटिशन’सँग भिड्न टाटा मोटर्सले ल्याएको नयाँ गाडी अब नेपालमा पनि विक्री हुन थालेको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले ‘टाटा कर्भ ईभी’ बिक्री सुरु गरेको हो ।
कम्पनीले यो गाडीको मूलय ५६ लाख ९९ हजार रूपैयाँ तोकेको छ । आफ्नो पहिलो कूप (पछाडीको भाग भिरालो पारिएको) एसयूभी नेपाली बजारमा लञ्च गर्दै टाटाले यहाँको ईभी बजारमा आफ्नो हिस्सेदारी कायम राख्ने कोसिस गरेको छ ।
टाटाले पेट्रोल, डिजेलका साथै विद्युतीयमै पनि दुई भेरियण्टमा यो गाडी उत्पादन गरेको । तर नेपाल आउने कर्भ ईभी भने ‘टप भेरियन्ट’को मात्रै छ ।
‘लङ—रेञ्ज’ अर्थात् लामो समयसम्म ब्याट्री टिक्ने र अलि बढी क्षमता भएको गाडीमात्रै नेपाल भित्र्याउने सिप्रदीले जनाएको छ । यो गाडीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ ।
४५ किलोवाट आवरको ब्याट्री भएको गाडी चाहीँ नेपालमा नल्याउने भनिएको ट । टाटा कर्भ ईभीको ठूलो ब्याट्रीले सिंगल चार्जमा ४०० देखि ४२५ किलोमिटर रेन्ज दिने अनुमान कम्पनीको छ । एमआईडीसी टेस्टले भने ५८५ किलोमिटर रेन्ज देखाएको छ ।
टाटाले कर्भ ईभीलाई ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर नेपाल ल्याएको हो । कम्पनीको दाबीलाई मान्ने हो भने यो गाडीले १६७ पीएस पावर जेनेरेट गर्नसक्छ भने २१५ न्यूटनमिटरको टर्क उत्पन्न गर्न सक्छ ।
कम्पनीले कर्भ ईभीमा १८ इन्चको अलोय ह्वील दिएको छ । यसमा एउटा अतिरिक्त ह्विल पनि उपलब्ध छ । गाडी यति अग्लो छ की, १९० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । यही कारण खाल्डाखुल्डी र कच्चि बाटोमा पनि गाडी सजिलै कुदाउन सकिन्छ ।
कम्पनीका अनुसार गाडीलाई ४५० एमएम (करीब घूँडासम्म आउने) गहिरो पानी जमेको स्थानमा पनि सहजै गुडाउन सकिन्छ ।
कूप डिजाइनमा तयार पारिएकाले यो गाडीको पछाडी सीटमा धेरै अग्लो मानिसका लागि भने केही असहज हुनसक्छ । तर ५ फुट ६ इञ्चसम्मको उचाइ भएका मानिसका लागि यसका सीटहरु आरामदायी छन् । अगाडीका सीटहरु ‘भेन्टिलेटेड’ छन् ।
ठूला झ्याल र पानोरोमा रूफटपले यो गाडीमा यात्रा गर्न निकै रोमाञ्चक लाग्न सक्छ । यस गाडीमा ‘इको, सीटी र स्पोर्टस्’ गरी तीन मोड अप्सन दिएको छ । यसकै मल्यस्तरका अरु कयौँ गाडीहरुमा स्पोर्टस् मोडमै पनि गाडी केही सुस्त लाग्ने गरेको भए पनि टाटाले यो गाडीमा साँच्चैको ‘स्पोर्टस्’ मोडकै अनुभूति हुने भनेर गाडीका रिभ्यूहरु भएको पाइन्छ ।
शहरी क्षेत्रमा इको मोडमै पुरा यात्रा गर्न सकिने भएकाले ब्याट्रीको खपत किफायती हुन्छ । प्रभावकारी सस्पेन्सनका कारण गाडीमा यात्रा गर्दा उफार्ने र अगाडी हुत्याउने संभावना ज्यादै कम भएकाले यात्रुलाई खुब आराम मिल्ने अवस्था रहन्छ ।
गाडीको सबैभन्दा राम्रो पक्ष यसको आकर्षक डिजाइन पनि हो । आफ्नो सेग्मेन्टमा पहिलो कूप गाडी पनि हो यो । गाडीको पछाडीको भाग असाध्यै आकर्षक र अरुभन्दा पृथक छ । अगाडीबाट हेर्दाचाहीँ यो गाडी नेक्सनजस्तै देखिन्छ । तर यसमा चार्जिङ पोटचाहीँ टाटा पञ्चकै जस्तो अगाडी राखिएको छ, जसले चार्ज गर्नमा निकै सजिलो पार्छ ।
यो गाडी १५ एम्पायरको प्लग प्वाइन्टबाट चार्ज गर्दा २१ घण्टामा १० प्रतिशतबाट १०० प्रतिशत चार्ज हुन्छ । तर ७.२ किलोवाटको एसी फास्ट चार्जरबाट चार्ज गर्ने हो भने १० प्रतिशत रहेको ब्याट्री करीब ८ घण्टामै फूल चार्ज हुन्छ ।
यदि ७० किलोवाट वा त्योभन्दा माथिको चार्जर प्रयोग गर्ने हो भने त ४० मिनेटमै ब्याट्रीलाई १० बाट ८० प्रतिशत पुर्याउन सकिने भनिएको छ । यद्यपि यस्तो चार्जिङ स्टेशन हामीकहाँ उपलब्ध छैन ।
अत्याधुनिक फिचरहरुले सुसज्जित कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा बनाइएको छ । ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्क्रिन, टचवेस क्लाइमेट कन्ट्रोल, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
त्यसैगरी, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानारोमिक शनरुफ, भेन्टीलेटेड सिट, जेबीएल साउण्ड सिस्टम, ५०० लिटरको बुट स्पेश कर्भ ईभीमा पाउन सकिन्छ ।
भारत एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल कर्भ ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, इएसपी, ड्राइभ डाउजीनेस अलर्ट, व्लाइन्ड स्पट मनिटर, लेवल २ एडास फिचर दिइएको छ ।
यो गाडीमा भएको अर्को सुधार चाहीँ ड्राइभर डिस्प्लेमा नै म्याप हेर्न सक्ने सुविधा हो । यसले गर्दा अपरिचित स्थानमा गाडी लैजान पनि सहज भएको छ ।
समग्रमा यो गाडी नेपालको भूगोल र यहाँको सडक गुणस्तरका आधारमा बजारमा उपलब्ध ईभी कारहरुमध्ये उत्कृष्ट विकल्पको रुपमा देखिएको छ । विद्युतीय चार्जिङ स्टेशनहरुको न्यून उपलब्धताको जोखिमबाट बच्न पनि यो गाडी निकै उपयोगी हुनसक्छ ।
यो गाडीमा महेन्द्र राजमार्ग र मदनभण्डारी राजमार्गबाट यात्रा गर्दा ३ पल्ट चार्ज पूर्व—पश्चिमको सीमा भेट्टाउन सकिन्छ । हुलाकी राजमार्ग र मध्येपहाडी राजमार्गबाट यात्रा गर्दा चाहीँ ५ पल्टसम्म चार्ज गर्नुपर्ने हुनसक्छ ।