सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्स वन वर्ल्ड २०२४ मा जित्यो ७ प्रतिष्ठित अवार्ड

काठमाडौं । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने “टाटा मोटर्स वन वर्ल्ड २०२४” कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ। साथै, “पायोरिङ इभि एक्पान्सन” का लागि विशेष कदर पत्र प्राप्त गर्दै, नेपालले शून्य-उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको छ।
सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा सबैभन्दा उच्च बजार हिस्सा दिलाउँदै, निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यसले नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
सिप्रदी ट्रेडिङ्ग प्रालिको यो उपलब्धि ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरू को प्रतिफल हो। सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै, सिप्रदी ट्रेडिङ्ग प्रालिले बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैं प्रतिबद्ध रहेको बताए । यी पुरस्कारहरूले टीमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको उनको भनाइ छ ।